चितवनमा १० महिनापछि भेटिए कोरोना संक्रमित

हिमाल प्रेस २ माघ २०८० १७:४९
6
SHARES
चितवनमा १० महिनापछि भेटिए कोरोना संक्रमित

चितवन– चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टी भएपछि उनलाई अस्पतालमै राखी उपचार सुरु गरिएको सूचना अधिकारी पाैडेलले बताए। साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उनकाे भनाइ छ।

जिल्लामा १० महिनापछि पुनः कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। जिल्लामा पछिल्लो पटक गत चैतमा कोरोना सङ्क्रमण देखिएको थियो।

कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ। कार्यालयले कोरोना सङ्क्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, साबुन पानीले हात धुन सुझाव दिएको छ।

प्रकाशित: २ माघ २०८० १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast