महाकाली करिडोर विकासको मेरुदण्ड : रमेश लेखक

हिमाल प्रेस २ माघ २०८० १०:५२ | Tuesday, January 16, 2024
महाकाली करिडोर विकासको मेरुदण्ड : रमेश लेखक फाइल तस्बिर

महेन्द्रनगर- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिकंरसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताएका छन्।

कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा डडेल्धुराको जोगबुढासम्म पुगेका प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतिको मार्गका रूपमा लिनुपर्ने बताए।

‘साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ’, उनले भने, ‘यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ।’

पर्यटकीय विकास एवं विस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथ मन्दिरबाट परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुरामधामसित जोडेर विकास गर्नुपर्नेमा प्रमुख सचेतक लेखकले जोड दिए। करिडोर अनुगमन गर्दै परशुरामधाम पुगेका उनीसहितको टोली धाममा आयोजित मकर मेलामासमेत सहभागी भएको थियो।

‘करिडोरअन्तर्गत रुख कटानको समस्या चारवटै जिल्ला(कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला) मा हल भएर निर्माण अघि बढेको छ । करिडोरको ट्रयाक हुँदै यसपालि डडेल्धुरा आयौँ, अर्को पटक बैतडीसम्म पुग्ने योजना छ’, प्रमुख सचेतक लेखकले भने।

विकासलाई समृद्धि र पर्यटनसित जोड्ने अभियानअन्तर्गत अघि बढेको उल्लेख गर्दै उनले भारतको पूर्णागिरि दर्शनका लागि आउने भारतीय भक्तजनलाई ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरको दर्शनपछि परशुरामधामसम्म पुर्याउने गरी योजना बनाउनुपर्ने बताए।

प्रकाशित: २ माघ २०८० १०:५२ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast