कुमाल समुदायले चितवनमा मनाए माघे संक्रान्ति

हिमाल प्रेस १ माघ २०८० १८:४२ | Monday, January 15, 2024
कुमाल समुदायले चितवनमा मनाए माघे संक्रान्ति

चितवन- आफ्नो पहिचान र संस्कृतिको संरक्षणको लागि देशभरका कुमाल समुदाय अगुवाहरू चितवनमा भेला भएर माघे संक्रान्ति पर्व मनाएका छन्। कुमाल समाज नेपालले पहिलोपटक चितवनको गोलाघाटमा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यक्रमको शुभारम्भ गर्दै सबै जातजाति र धर्मसंस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नुपर्ने  बताए। उनले महानगरपालिकाले कुमाल समुदायको संस्कार संस्कृति संरक्षणका लागि सहयोग गर्ने बताए। पुस २८ गतेबाट सुरु भएको कार्यक्रम आज (सोमबार)  प्रकृतिको पूजासँगै समापन हुँदैछ।

कुमाल समुदायले माघे सङ्क्रान्तिलाई माघे संक्रान्ति भन्छन्। आफ्नो पहिचान स्थापित गराउनका लागि पहिलोपटक ठूलो मेला लगाएको कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमालले जानकारी दिए। राप्ती र नारायणी नदीको संगमस्थल गोलाघाटमा बृहत् सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम आयोजना गरेर कुमाल समाजको केन्द्रीय समितिले देशभरका कुमाललाई एकै ठाउँमा उभ्याउने प्रयास गरेको उनले बताए।

सांस्कृतिक कार्यक्रमसहित मौलिक भेषभूषा प्रदर्शनको साथै युवा पुस्तालाई पहिचानसम्बन्धी प्रशिक्षण दिइएको छ। मेला परिसरमा कुमाल जातिको पुरानो मौलिक घरसमेत निर्माण गरिएको छ। गोलाघाटको नदीकिनारमा सबैभन्दा आकर्षणको केन्द्र यही घर बनेको छ।

प्रकाशित: १ माघ २०८० १८:४२ | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast