योग दिवस मनाइँदै

हिमाल प्रेस १ माघ २०८० ९:३५ | Monday, January 15, 2024
योग दिवस मनाइँदै

काठमाडौँ- नेपालमा आज नवौं राष्ट्रिय योग दिवस मनाइँदैछ। योगको महत्वबारे सबैलाई बुझाउने उद्देश्यले पछिल्लो समय नेपालमा वर्षेनी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।

योग, ध्यान र प्रणायाममा नेपाली पनि विस्तारै आकर्षित हुन थालेका छन्। योग प्रशिक्षकका अनुसार शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग अनिवार्य छ। नेपालमा यस वर्ष ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित आज नवौँ राष्ट्रिय योग दिवस मनाउन लागिएको हो।

यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले योग दिवस मनाउन सबै पालिकाहरुलाई यसअघि नै पत्राचार गरिसकेको छ। योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग गर्ने विज्ञहरु बताउँछन्।

नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज धेरै स्थानमा योग शिविर तथा योग कक्षा सञ्चालन हुन थालेका छन्।

प्रकाशित: १ माघ २०८० ९:३५ | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast