सर्वोच्च अदालत। फाइल तस्बिर
काठमाडौँ– न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी छन्। उनले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेकी हुन्। सर्वोच्च अदालत परिसरमा प्रवेश गरेको केहिबेरमै उनले आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ।
उनले पेट्रोल लगाएर आगो लगाउने प्रयास गरेको देखेलगत्तै प्रहरीले उनीसँग भएको पेट्रोल र सलाई खोसेको थियो।
उनले न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन्। यसअघि पक्राउ परेका गिरीलाई अदालतले धरौटीमा रिहा गरेको थियो। उनले फेरि पक्राउ गरी मुद्दा चलाउन माग गर्दै आइरहेकी छन्।
प्रकाशित: २९ पुष २०८० १४:१९ | Sunday, January 14, 2024
प्रतिक्रिया





