बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार

हिमाल प्रेस २९ पुष २०८० ७:५३ | Sunday, January 14, 2024
बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार

पोखरा- बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले स्थापना गरेको बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट शनिबार ३ जना पत्रकार पुरस्कृत भए।

उद्यमशीलताको विकासमा कलम चलाएर योगदान गरेवापत उनीहरुलाई कम्पनीको तेस्रो वार्षिक साधारणसभामा जनही ५० हजारसहित पुरस्कृत गरिएको हो।

पुरस्कृत हुनेमा दमौली एक्सप्रेस साप्ताहिक तथा इवाराही डटकमकी सुनिता आचार्य, सेतोपाटीकी सविना कार्की र पर्वतबाट नेपाल समाचारपत्र संवाददाता दुर्गा शर्मा हुन्।

उनीहरूलाई गण्डकी प्रदेश सभाका सदस्य एवं पूर्व मन्त्री हरिबहादुर चुमान, बन्दीपुर केबलकार एण्ड टुरिजम लि अध्यक्ष रामचन्द्र शर्मा, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले पुरस्कृत गरेका हुन्।

पुरस्कार मूल्यांकन तथा सिफारिस समितिका प्रमुख तारानाथ उपाध्याय थिए। कम्पनी अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुरमा निर्माणाधीन बृहत् पर्यटन पूर्वाधारयुक्त परियोजनाले समाजमा उद्यमशीलता जागरणका लागि यसप्रकारको पुरस्कारले पत्रकारलाई नियमित प्रोत्साहन गरिरहेको बताए।

३ अर्ब ५८ करोड रुपैयाँ लगानी रहेको सो परियोजना आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी छ।

प्रकाशित: २९ पुष २०८० ७:५३ | Sunday, January 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast