
काठमाडौँ- कीर्तिपुरस्थित थिएटर मलमा आइतबार एकदिने पपेट नाटक ‘चिरूचिरू मिचिरू’ मञ्चन हुने भएको छ।
राराहिल स्कुलमा बिहान ११ बजेको शो राखिएको छ। जापानको थिएटर उतरभिजनका कला निर्देशक इरिना साजीको स्कृप्ट लेखन, निर्देशन र डिजाइनमा पपेट नाटक मन्चन हुन लागेको हो।
नाटकमा रंगकर्मी सवीर चुरौटे, शंकर भण्डारी, एलिना नकर्मी, सुस्मिता गुरागाई, पूजा ढकाल, मन्जु गिरी, सौभाग्य सिंह राई, शोभा कार्की, रौनक कार्कीलगायत छन्। पुस १९ अर्थात ४ जनवरी देखि उक्त थिएटरमा पपेट नाटकसम्बन्धी १० दिने कार्यशाला चलिरहेको छ।
कार्यशालामा १५ जना रंगकर्मी सहभागी छ्न। प्रशिक्षणमा जापानीज रंगकर्मी पाँचजनाको टिम छ। पपेट नाटक नेपालमा पपेट नाटक कम हुने गरेको मल थिएटरका संचालक केदार श्रेष्ठले बताए।
उनका अनुसार यो दोस्रो पपेट थिएटर कार्यशाला हो। यो बालबालिकाका लागि नाटक विशेष रहनेछ। नेपालमा पपेट नाटकको विस्तारको लागि यो उपयुक्त हुनेछ भन्ने निर्देशक इरिनाको विश्वास छ।
यसअघि मल थिएटरले सन् २०१९ मा जापानको थिएटर कम्पनी उतरभिजनसँगको सहकार्यमा पहिलो पपेट कार्यशाला आयोजना गरेको थियो। नेपालमा पपेट नाटकको विस्तारको लागि यो उपयुक्त हुनेछ भन्ने इरिना टिमको विश्वास छ।
थिएटर सेन्टर फर चिल्ड्रेन र थिएटर मल, राराहिल मेमोरियल स्कुल, आसितेज नेपालको सहकार्यमा नाटक मन्चन हुन लागेको हो।