राष्ट्रियसभा निर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न दिइँदै

हिमाल प्रेस २८ पुष २०८० ११:३० | Saturday, January 13, 2024
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न दिइँदै

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी कायम भएका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दैछ।

आयोगले बिहान १० देखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिह्न प्रदान गरिँदैछ।

उम्मेदवारहरूमाथि परेका उजुरीमा छानबिन गरी आयोगले हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो। जसमा लुम्बिनीमा राप्रपाका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् भने दुईजना विरुद्ध परेको उजुरीमा दाबी नपुगेको भन्दै खारेज गरिएको छ।

राष्ट्रियसभामा फागुन २० गतेदेखि रिक्त हुने २० मध्ये १९ सिटका लागि ५२ जनाले उम्मेदवारी दिएकोमा एकजनाले फिर्ता लिएपछि अब उम्मेदवारको संख्या ५१ रहेको छ। एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन्।

आगामी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदानका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ।

प्रकाशित: २८ पुष २०८० ११:३० | Saturday, January 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast