अस्ट्रेलियामा सम्मानित भए नेपालका मोहित

हिमाल प्रेस ९ पुष २०७९ १९:०३ | Saturday, December 24, 2022
अस्ट्रेलियामा सम्मानित भए नेपालका मोहित

काठमाडौँ- नेपालका मोहित लाल प्रधान अस्ट्रेलियाको उत्कृष्ट एक सय ब्रोकरको सूचीमा परेका छन्। वर्षेनी अस्ट्रेलियाका मोर्गेज ब्रोकरहरूको वरीयता सार्वजनिक गर्ने ‘मोर्गेज प्रोफेसनल अस्ट्रेलिया’ ले प्रधानलाई एक सय जनाको सूचीभित्र राखेको हो।

सिनियर मोर्गेज ब्रोकर तथा होम लोन एक्सपर्ट रहेका प्रधानले सेन्ट्रल क्विन्सल्यान्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। उनी औपचारिक तालिम प्राप्त मोर्गेज ब्रोकर हुन्। करिब पाँच वर्षयता यो पेशामा रहेका प्रधानले अस्ट्रेलियाका विभिन्न कम्पनीका लागि काम गरिसकेका छन्।

प्रधान सम्मानित भएको यो पहिलो पटक होइन। उनी सन् २०१९ मा एमपीए म्यागजिनबाट युवा प्रतिभाका रुपमा सम्मानित भएका थिए। त्यसको दुई वर्षपछि उनी ‘बेस्ट रेसिडेन्टियल ब्रोकर अफ द इयर’ को उपविजेता बनेका थिए।

‘अस्ट्रेलियन मोर्गेज अवार्ड बेस्ट योङ ब्रोकर अफ द इयर २०१९÷२०’ को फाइनलमा पुगेका उनी ‘राइजिङ ब्रोकर’ २०१९ र २०२० को फाइनलमा पनि पुगेका थिए। सन् २०१८ मा उनलाई ‘बेटर बिजनेस अवार्ड्स’ मा ‘बेस्ट न्युकमर’ को पुस्कार दिइएको थियो।

प्रकाशित: ९ पुष २०७९ १९:०३ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast