हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

हिमाल प्रेस २६ पुष २०८० १७:०२ | Thursday, January 11, 2024
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु फाइल तस्बिर

इनरुवा (सुनसरी)– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो।

जङ्गलबाट घाँस लिएर आइरहेका उहाँमाथि हात्तीले आक्रमण गरेको थियो। प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो। विष्टको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। रासस

प्रकाशित: २६ पुष २०८० १७:०२ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast