पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैद

हिमाल प्रेस २५ पुष २०८० २१:३७ | Wednesday, January 10, 2024
पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैद

काठमाडौँ- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैद सजाय तोकिएको छ।
विशेष अदालतले बुधबार उनलाई ३ वर्ष कैद सजाय, १६ लाख ६९ हजार ४२ रूपैयाँ बिगो र सोही परिणामको जरिबानाको सजाय तोकेको हो।

पुस ११ गते अदालतले शाहसहित चार जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। यो प्रकरणमा लेखापाल एवम् पूर्वप्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु, केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेलाई अदालतले दोषी ठहर गरिएको थियो।

शाह सिन्धुलीको दुधौली तालिम केन्द्रका तत्कालीन समादेशकसमेत हुन्। मध्यक्षेत्रीय तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहँदा उनीसहित चार जनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोप लागेको थियो।

पूर्वडीआईजी शाहसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुनमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उनीहरूले तालिम केन्द्रमा सरुवा भई आएका १०३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलब भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ हिनामिना गरेको आरोप थियो। त्यस्तै १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६१६.८८ रुपैयाँ गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलबी भरपाइमा कीर्ते दस्तखत गरी हिनामिना पुष्टि भएको अख्तियारको दाबी थियो।

प्रकाशित: २५ पुष २०८० २१:३७ | Wednesday, January 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast