काठमाडौँमा टिप्परको ठक्करबाट गोरखाका रनबहादुरको मृत्यु

हिमाल प्रेस २३ पुष २०८० १३:४० | Monday, January 8, 2024
काठमाडौँमा टिप्परको ठक्करबाट गोरखाका रनबहादुरको मृत्यु

काठमाडौँ- काठमाडौँमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक युवाको मृत्यु भएको छ। गोंगबु मित्रनगर १ नम्बर गेट नजिकै बागती प्रदेश ०३–००१ प ०५०० नम्बरको टिपरले बा ५४ प ५२६६ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको हो।

तामाङ मोटर साइकलको पछाडि बसेका थिए। मोटर साइकल चालक भने घाइते छन्। घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २३ पुष २०८० १३:४० | Monday, January 8, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast