‘विश्व व्यापारबाट दक्षिण एसियाली मुलुकले लाभ लिन सकेनन्’

हिमाल प्रेस २३ पुष २०८० १२:२३
6
SHARES
‘विश्व व्यापारबाट दक्षिण एसियाली मुलुकले लाभ लिन सकेनन्’

काठमाडौँ- विश्व व्यापारमा उतारचढाव आएका कारण दक्षिण एसियाली मुलुकहरूले एकीकृत रूपमा लाभ लिन नसकेको सरोकारवालाहरूले औँल्याएका छन्।

विश्व व्यापार संगठन (डब्लूटीओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजनामा भइरहेको ‘डब्लूसीपी नेपाल– एआईबी साउथ एसिया कन्फ्रेन्स, २०२४’ को पहिलो दिन ‘विश्व व्यापार दक्षिण एसियाका चुनौती र अवसर’ शीर्षक प्यानल छलफलमा सरोकारवालाहरूले उक्त विषयबारे औँल्याएका हुन्।

छलफलमा दक्षिण एसियाली मुलुकले लाभ लिनका लागि भएका सम्भावनालाई बढीभन्दा बढी उपयोग गर्न नयाँ ढंगले काम गर्न आवश्यक भएको महसुस गरेका छन्। जसका लागि अब दक्षिण एसियामा व्यापारका पूर्वाधारलाई विकास गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई बढावा गर्नुपर्ने, जलवायुको क्षेत्रमा लगानीलाई बढाउनुपर्ने र सिमानामा हुने गरेका अवरोधलाई हटाउँदै लैजान जरुरी भएको बताएका छन्। खासगरी सिमानामा देखिने गैर ट्यारिफ अवरोध हटाउन छलफलमन सहभागीले जोड दिए।

छदफलमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव चन्द्रकुमार घिमिरे अहिलेसम्म अन्तरक्षेत्रीय व्यापारको तह ५ प्रतिशत हाराहारीमात्रै रहेको बताए। उनले भने, ‘अहिले अन्तर क्षेत्रीय व्यापार २३ बिलियन अमेरिकी डलर हाराहारीमा मात्रै व्यापार भइरहेको छ। जबकि त्यसलाई बढाएर ६२ बिलियन अमेरिकी डलर हाराहारीमा लैजाने ठाउँ छ।’

नेपालमा लगानी नभित्रिएसम्म उत्पादन नबढ्ने पनि पूर्वसचिव घिमिरेले धारणा राखेका थिए। उनले भने, ‘नेपालले लगानी भित्र्याउन नै ध्यान दिनुपर्छ।’

छलफलमा पूर्वसचिव घिमिरेसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका सदस्य सचिव डा‍. तोयानारायण ज्ञवाली, चीनको स्टडिज युनिभर्सिटी अफ इन्टरनेसनल विजनेस एण्ड इकोनोमिक्सकी प्रा.सिनक्वा तु, भारतीय विदेश व्यापार संस्थान कोलकत्ताका प्रा.देवासीस चक्रवर्ती र नेपाल उद्योग वाणिज्य महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला मञ्चका अध्यक्ष मनोज पौडेल सहभागी थिए।

प्रकाशित: २३ पुष २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =