गण्डकी कांग्रेसमा दलको नेता छान्न समिति गठन

हिमाल प्रेस ९ पुष २०७९ ७:५७ | Saturday, December 24, 2022
गण्डकी कांग्रेसमा दलको नेता छान्न समिति गठन

काठमाडौँ- नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ। कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ।

संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन्।

कानुनी सहजीकरणका लागि डीएलएका प्रदेश अध्यक्ष फडिन्द्र कोइराला र जिल्ला अध्यक्ष कपिलमणि दाहाल चुनिएका छन्। त्यसअघि सर्वसम्मत नेता चयनका लागि प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ।

समितिमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री किरणबाबु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी सदस्य छन्। सुरुमा सल्लाहमै नेतृत्व चयन गर्ने र नभए निर्वाचनमा जाने महामन्त्री लामिछानेले बताए । उनका अनुसार निर्वाचन प्रक्रिया शुक्रबार देखि नै सुरु भएको छ।

यहाँ संस्थापन पक्षबाट केन्द्रीय सदस्य समेत रहेका सांसद सुरेन्द्र पाण्डेलाई प्रमुख दाबेदार ठानिएको छ। यद्यपि सोही समूहबाट कास्कीका विन्दुकुमार थापा पनि दाबेदार छन्।

संस्थापन इतरबाट भोजराज अर्याल प्रमुख दाबेदार हुन्। अर्का नेता महेन्द्रध्वज जिसीको पनि दाबी छ। यद्यपि निर्वाचनमै गए दुई जना मात्रै प्रतिस्पर्धी हुने बताइन्छ।

प्रकाशित: ९ पुष २०७९ ७:५७ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast