काठमाडौँ– फिल्म ‘रिमै’मा कलाकार सौगात मल्ल, दयाहाङ राई र रिस्मा गुरुङ जोडिएका छन्। फिल्ममा उनीहरू मुख्य भूमिकामा देखिने बताइएकाे छ। बिरवल घले यसै फिल्मबाट डेब्यु गर्दैछन्।
खिल बहादुर गुरुङको निर्देशनमा बन्ने फिल्ममा अन्य कलाकार छनाेट कार्य भइरहेकाे निर्माण टिमले जनाएको छ। टिमका अनुसार अहिले फिल्मको प्रि–प्रोडक्सन चलिरहेको छ। फागुनबाट फिल्मको छायांकन गर्ने तयारीमा छन्।
फिल्ममा निर्देशक गुरुङ र कलाकार बिरवलकाे कथा छ। निर्माता तथा निर्देशक उपेन्द्र सुब्बाले फिल्मकाे पटकथा लेखेका छन्। फिल्म गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्को व्यानरमा निर्माण हुनेछ।
प्रकाशित: २० पुष २०८० १६:११
प्रतिक्रिया