राजदूत अधिकारीले भेटे पाकिस्तानी प्रधानमन्त्रीका विशेष सल्लाहकारलाई

हिमाल प्रेस ८ पुष २०७९ २०:४१ | Friday, December 23, 2022
राजदूत अधिकारीले भेटे पाकिस्तानी प्रधानमन्त्रीका विशेष सल्लाहकारलाई

काठमाडौँ- पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले शुक्रबार पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफका विशेष सल्लाहकार फैजल करिम कुन्डीसँग भेटवार्ता गरेका छन्।

पाकिस्तानी राजधनानी इस्लामाबादमा भएको भेटमा राजदूत अधिकारीसँग कुन्डीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो राखेको राजदूतावासले जानकारी दिएको छ।

‘भेटमा नेपाल–पाकिस्तानबीचको सम्बन्धबारे पनि छलफल भयो। यस किसिमका भेटघाटले दुई देशको सम्बन्धमा न्यानोपन थप्छ,’ राजदूत अधिकारीले भने।

कुन्डी पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफका विशेष सल्लाहकार बाहेक गरिबी निवारण तथा सामाजिक सुरक्षा राज्यमन्त्री पनि हुन्। उनी सत्तारुढ दल पाकिस्तान पिपल्स पार्टी (पीपीपी) का केन्द्रिय सदस्य पनि हुन्।

प्रकाशित: ८ पुष २०७९ २०:४१ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast