काठमाडौँमा वेब सिरिज ‘आरती’ को प्रिमियर, पुस १६ देखि प्रसारण

हिमाल प्रेस १५ पुष २०८० १६:०६ | Sunday, December 31, 2023
काठमाडौँमा वेब सिरिज ‘आरती’ को प्रिमियर, पुस १६ देखि प्रसारण

काठमाडौँ‍– अपराधमा आधारित वेब सिरिज ‘आरती’को प्रिमियर सम्पन्न भएको छ। काठमाडौँस्थित अर्किड इन्टरनेशनल कलेजमा सिरिजको इपिसोड १, २ र ६ एपिसाेड प्रसारण गर्दै प्रिमियर गरिएको हो।

सिरिज भोलि अर्थात् पुस १६ देखि नेट टिभीबाट प्रसारण हुने जनाइएकाे छ।

प्रिमियरमा प्रमुख अतिथिको रुपमा संघीय सांसद एवं मधेश प्रदेशका पूर्व सामाजिक तथा विकासमन्त्री नवल किशोर शाह उपस्थित थिए। उनले नेपाली-मैथिली फिल्मको इतिहासमा युवाहरूको प्रयासमा ‘आरती’ सिरिज थुप्रै दृष्टिकोणले सराहनीय रहेको बताए।

‘यस सिरिजले सत्ता, कानुन र समाजलाई न्यायको जीवन्ततालाई अभिप्रेरित गर्दछ।’ उनले भने। ‘सत्ताको दुरूपयोग गर्नेहरू र ढिला गतिमा हिड्ने न्यायलयलाई सजग गर्दछ।’

प्रिमियरमा ब्रीजवाटर कलेजको प्रिन्सिपल नारायण दास, अर्किड कलेजका प्रिन्सिपल विदुर दाहाल, सिनेम्याटोग्राफर निरज कंडेल, अभिनेता मुकन भुषाल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, वरिष्ठ कलाकार नवीन श्रेष्ठ, पूर्व प्रहरी नायब उपरिक्षक चन्द्र नारायण यादवलगायत उपस्थित थिए।

नेपाली र मैथिली गरी दुईवटा भाषामा निर्माण भएको सिरिजको ६ भाग छन्। सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कंडेल, संसार अधिकारीलगायत कलाकारको अभिनय छ।

रोशन दासको कथा र निर्देशन रहेको सिरिजकाे कथा हिक्मत शर्माले लेखेका हुन्। सिरिजको छायांकन नितेश घतान, इडिट कवीर ओड र कलर कमलीले गरेका  छन्।आशिष दास निर्माता  रहेकाे सिरिजकाे सह–निर्मातामा रिता देवी छन्।

प्रकाशित: १५ पुष २०८० १६:०६ | Sunday, December 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast