प्रेस जगतलाई अंकुश लगाउन हुँदैन : राष्ट्रपति भण्डारी

हिमाल प्रेस ८ पुष २०७९ १६:१८ | Friday, December 23, 2022
प्रेस जगतलाई अंकुश लगाउन हुँदैन : राष्ट्रपति भण्डारी

सुर्खेत- राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज (शुक्रबार) आयोजित नेपाल पत्रकार महासंघको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएकी हुन्।

‘परिवर्तनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ,’ उनले भनिन्, ‘यसका लागि प्रेस क्षेत्रको भूमिका महत्त्वपूर्ण छ।’

प्रेस जगतलाई राज्यले अंकुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिइन्।

राष्ट्रपति भण्डारीले महासंघको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालयसमेत उद्घाटन गरेकी थिइन्।

प्रकाशित: ८ पुष २०७९ १६:१८ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast