६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुन्छ : अर्थमन्त्री

हिमाल प्रेस १३ पुष २०८० १५:५० | Friday, December 29, 2023
६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुन्छ : अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा आएकाले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने दाबी गरेका छन्।

भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री महतले पर्यटक आगमन, रेमिट्यान्स, सेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताएका हुन्।

अर्थमन्त्री महतले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रण गरिने पनि बताए। उनले बैंकको ब्याजदर घट्नु र मूल्यवृद्धि ५.५ प्रतिशत बाट नबढ्नुले पनि सकारात्मक संकेत मिलेको स्पष्ट पारे। मन्त्री महतले रातो किताबमा तोकिएकोभन्दा बाहिरबाट खर्च गर्ने स्थितिको अन्त्य गर्दै बजेट प्रणालीमा सुधार ल्याएको उल्लेख गरे।

प्रकाशित: १३ पुष २०८० १५:५० | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast