प्रजातन्त्र बलियो हुनुको सट्टा सर्वसत्तावाद हावी भयाे : कमल थापा

हिमाल प्रेस १२ पुष २०८० १५:१० | Thursday, December 28, 2023
प्रजातन्त्र बलियो हुनुको सट्टा सर्वसत्तावाद हावी भयाे : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरूको सिन्डिकेटतन्त्र कायम भएको टिप्पणी गरेका छन्।

काठमाडौँमा बिहीबार आयोजित राप्रपा नेपालको मध्यमाञ्चलस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तन भएको १७ वर्ष पुगिसक्दा पनि जनता मालिक हुनुको सट्टा लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरूको सिन्डिकेटतन्त्र कायम भएको बताएका हुन्।

उनले प्रजातन्त्र बलियो हुनुको सट्टा सर्वसत्तावाद हावी भएको पनि टिप्पणी गरे। विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेको भन्दै थापाले राष्ट्रवादी देशभक्त र प्रजातन्त्रवादी शक्ति एकठाँउमा आएर अहिलेको छाडातन्त्रको विकल्प खोज्नुपर्नेमा जोड दिए।

उनले अहिले संघीय गणतन्त्र भ्रष्टतन्त्र र तस्करतन्त्रमा परिणत भएको भन्दै विदेशी शक्तिहरूको चलखेल र प्रभाव तीव्र रूपले बढ्नुकासाथै नेपाल अन्तर्राष्ट्रिय महाशक्तिको रणनीतिक प्रतिस्पर्धास्थल बनेको बताए।

सरकारको अकर्मण्यता र गलत नीतिको कारणले देशको अर्थतन्त्र धरासायी बनेको अध्यक्ष थापाको भनाइ छ।

प्रकाशित: १२ पुष २०८० १५:१० | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast