किन बन्द गरियो आइफल टावरको सेवा?

हिमाल प्रेस ११ पुष २०८० २०:५१ | Wednesday, December 27, 2023
किन बन्द गरियो आइफल टावरको सेवा?

पेरिस (रासस/एएफपी)- फ्रान्सस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफल टावरले कर्मचारी हड्तालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ।

टावर हेर्नका लागि दिइँदै आएको पर्यटकीय सेवा अनिश्चतकालका लागि अवरुद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ। टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापनसम्बन्धी कमजोरी देखाउँदै यहाँ कार्यरत कर्मचारीले हड्ताल गरेको फ्रान्सको श्रमिक महासंघ (सीजीटी) ले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

महासंघले टावरको अपरेटर सेटे ‘विपत्तितर्फ उन्मुख’ भएको बताइएको छ। सेटेले आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै सेवा आबद्धताबारे जानकारी गराएको छ।

पेरिसको सबैभन्दा प्रसिद्धस्थल आइफल टावरले हरेक वर्ष करिब ७० लाख आगन्तुकहरूलाई आकर्षित गर्दछ, जसमध्ये करिब तीन चौथाइ विदेशी पर्यटक रहने गर्छन्। आइफलको २७ डिसेम्बर १९२३ मा ९१ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित: ११ पुष २०८० २०:५१ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast