काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका तत्कालीन प्रहरी जवान सञ्जीव धवलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन प्रसाद शर्मा र सोही महानगरपालिका–२१ का इन्द्रलाल श्रेष्ठ छन्। उनीहरूसँग अख्तियारले एक लाख ७५ हजार रुपैयाँ बिगो दाबी गरेको छ।
प्रकाशित: ११ पुष २०८० १७:४५ | Wednesday, December 27, 2023
प्रतिक्रिया





