ज्येष्ठ नागरिक जीवित पाठशाला : विद्यादेवी भण्डारी

हिमाल प्रेस ११ पुष २०८० १२:१२ | Wednesday, December 27, 2023
ज्येष्ठ नागरिक जीवित पाठशाला : विद्यादेवी भण्डारी
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको संघर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएका छन्।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश दिँदै उनले ज्येष्ठ नागरिकसँग रहेको अन्तर्निहित ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले जीवनोपयोगी शिक्षा ग्रहण गरी समाजको अग्रगति तथा मुलुकको विकासमा सदुपयोग गर्न सकिने बताएका छन्।
सन्देशमा उनले बितेका केही दशकयता जीविकोपार्जनमा आएको परिवर्तन, फेरिएको जीवन पद्धति, आप्रवासन आदिका कारण हाम्रो पारिवारिक संरचनामा समेत अभूतपूर्व परिवर्तन देखिन थालेका बताएका छन्।
ठूलो आकारको संयुक्त परिवारको सट्टा सानो एकल परिवारमा बस्ने प्रचलन बढ्दै गएको सन्देशमा उहाँले उल्लेख गरेका छन्।
सन्देशमा उनले भनेका छन्, ‘यस्तो परिवेशमा आर्थिक, सामाजिक र मानसिक रूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महसुस हुँदैछ, पूर्वीय संस्कृतिमा आधारित हाम्रो परिवार प्रणाली, मूल्य मान्यता, संस्कार र संस्कृतिलाई बचाउँदै जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित जीवनलाई सुनिश्चित गर्ने परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक रहेको छ।’
विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको ऐतिहासिक दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रूपमा मनाउन सुरु गरिएको यो तेस्रो वर्ष हो।
प्रकाशित: ११ पुष २०८० १२:१२ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast