बजेट दुरुपयोग अन्त्य गर्दैछु : अर्थमन्त्री महत

हिमाल प्रेस १० पुष २०८० १६:५१ | Tuesday, December 26, 2023
बजेट दुरुपयोग अन्त्य गर्दैछु : अर्थमन्त्री महत

चितवन- अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोग अन्त्य गर्ने दाबी गरेका छन्। १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै मंगलबार अर्थमन्त्री महतले बजेटको आन्तरिक अनुशासन कायम गर्ने प्रतिबद्धता जनाएका हुन्।

‘जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ। यसले बेथितिको अन्त्य हुन्छ,’ उनले भने। अर्थमन्त्री महतले ३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि नबढाउनेसमेत बताए। उनले भने, ‘१ करोडभन्दा कमको आयोजना प्रदेशले नहेर्ने र यस्ता आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ।’

कार्यक्रममा मन्त्री महतले गतिशील जिल्ला भएकाले संस्कृति, सभ्यता, भाषा र रितिरिवाज संरक्षण गर्न चितवनको ठूलो भूमिका रहेको बताए। उनले भने, ‘संसारभरिका पर्यटकका लागि यहाँका वन्यजुन्त, थारुहरुको संस्कृति र पम्परा आकर्षण बनेको छ।’

प्रकाशित: १० पुष २०८० १६:५१ | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast