नेपाली कांग्रेस

कोशीबाट राष्ट्रियसभा सदस्य उम्मेदवारमा सिटौला, आचार्य, रिजाल, कोइराला र घिमिरे सिफारिस

हिमाल प्रेस १० पुष २०८० १५:१० | Tuesday, December 26, 2023
कोशीबाट राष्ट्रियसभा सदस्य उम्मेदवारमा सिटौला, आचार्य, रिजाल, कोइराला र घिमिरे सिफारिस

काठमाडौँ- राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि नेपाली कांग्रेस कोशी प्रदेशले सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टीको प्रदेश समितिले सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लाबाट आएको सिफारिसका आधारमा नामहरू केन्द्रमा सिफारिस गरेको एक नेताले जानकारी दिए।

उम्मेदवारका लागि सिफारिस हुनेमा पूर्वमहामन्त्री कृष्ण सिटौलासहित मन्त्री तथा सांसद भइसकेका नेता पनि छन्। सिटौलाले राष्ट्रियसभा अध्यक्षका लागि दाबी गर्दै आएका छन्। उम्मेदवारमा सिफारिस हुने अन्य नेतामा महेश आचार्य, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, डिला संग्रौला, गुरुराज घिमिरे छन्।

यसैगरी नेताहरू उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिस गरिएको कांग्रेस कोशीले जनाएको छ। सिटौला २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ३ बाट पराजित भएका थिए। यसैगरी नेतृ कोइराला मोरङ २ बाट र नेता  घिमिरे प्रदेशसभा चुनावमा मोरङ ४ कबाट पराजित भएका थिए। रिजाल भने चुनाव लडेका थिएनन्।

प्रकाशित: १० पुष २०८० १५:१० | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast