यामाहाको रे जेड आर–१२५ एफआई स्ट्रिट र्‍याली सार्वजनिक

हिमाल प्रेस १० पुष २०८० १२:१३ | Tuesday, December 26, 2023
यामाहाको रे जेड आर–१२५ एफआई स्ट्रिट र्‍याली सार्वजनिक

काठमाडौँ– नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले रे जेड आर–१२५ एफआई स्ट्रिट  र्‍याली हाइब्रिड सार्वजनिक गरेको छ।

मेट कपर र स्पार्कल ग्रिन रंगमा उपलब्ध रे जेड आर स्ट्रिट र्‍याली १२५ एफआई हाइब्रिड ‘मोटरसाइकल–स्कुटर इभोलुसन’को अवधारणासँग मेल खान्छ। यसको बडीमा थपिएको स्टाइलिस मेटल प्लेट, ब्रस गार्ड र फराकिलो ब्लक प्याटर्न टायरले स्कुटरलाई भव्य बनाएको कम्पनीको दाबी छ।

रे जेड आर १२५ स्ट्रिट र्‍याली एफआई हाइब्रिड बलियो एयर कुल्ड, फ्युल इन्जेक्टेड (एफाई) १२५ सीसी ब्लु कोर इन्जिनद्वारा सञ्चालित छ। यसमा ग्राउन्डब्रेकिङ स्वचालित स्टप र स्टार्ट प्रणाली दिइएको छ। जसले इन्धनको उत्सर्जन घटाउँछ र त्यसको दक्षतालाई बढाउने कम्पनीको भनाइ छ।

यसमा ‘स्मार्ट मोटर जेनेरेटर’ (एसएमजी) पनि थपिएको छ। जसले इलेक्ट्रिक स्टार्टर बिना नै शान्त तरिकाले इन्जिन सुरु गर्न सक्छ। यसमा उत्कृष्ट एलईडी हेडलाइट, प्रभावशाली एलईडी पोजिसन लाइट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छन्। सुरक्षा र आरामको लागि टेलिस्कोपिक सस्पेन्सन र यूबीएस जडित फ्रन्ट डिस्क ब्रेक पनि छ। यसमा २१ लिटर क्षमताको अण्डर–सीट स्पेस, मल्टी फक्सन स्विच, दुई–स्तरको सिट र पास स्विचको पनि व्यवस्था छ।

प्रकाशित: १० पुष २०८० १२:१३ | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast