तीन महिनामा २ खर्ब ८१ अर्ब रेमिट्यान्स भित्रियो

हिमाल प्रेस ३० कार्तिक २०७९ ४:१६ | Wednesday, November 16, 2022
तीन महिनामा २ खर्ब ८१ अर्ब रेमिट्यान्स भित्रियो फाइल तस्बिर।

काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिमा भित्रिएको रेमिट्यान्सभन्दा १६.८ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा रेमिट्यान्स आप्रवाह ७.१ प्रतिशतले घटेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो।

साउनदेखि असोजसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ४७ हजार ९३२ पुगेको छ।

यो गत आवको यही अवधिको तुलनामा १२३.१ प्रतिशतले बढी हो। यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७ हजार ८६१ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो।

प्रकाशित: ३० कार्तिक २०७९ ४:१६ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast