५ महिनामा ५ खर्ब ८० अर्ब व्यापार घाटा

हिमाल प्रेस ८ पुष २०८० १६:३४ | Sunday, December 24, 2023
५ महिनामा ५ खर्ब ८० अर्ब व्यापार घाटा

काठमाडौँ– आयात–निर्यातबीच ठूलो खाडल हुँदा मुलुकको व्यापार घाटा उच्च हुँदै गएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा मुलुकलाई ५ खर्ब ७९ अर्ब १५ लाखभन्दा बढी व्यापार घाटा भएको हो।

चालु आवको साउन–मंसिरको अवधिमा ६ खर्ब ४२ अर्ब २० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ। यही अवधिमा मुलुकबाट जम्मा ६३ अर्ब २० लाख रुपैयाँको वस्तु निर्यात भएको छ। पाँच महिनामा नेपालले बाह्य देशसँग कुल ७ खर्ब ५ अर्ब ४१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ।

गत आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा मुलुकलाई ५ खर्ब ९७ अर्ब रुपैयाँ ४४ लाख रुपैयाँ वैदेशिक व्यापार घाटा भएको थियो। यो वर्ष आयात बढ्न नसक्दा यस्ताे घाटा ३ प्रतिशतले कमी आएको छ।

प्रकाशित: ८ पुष २०८० १६:३४ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast