२१ अंकले घट्यो नेप्से, ७ अर्ब ११ करोडको कारोबार

हिमाल प्रेस ८ पुष २०८० १५:१९ | Sunday, December 24, 2023
२१ अंकले घट्यो नेप्से, ७ अर्ब ११ करोडको कारोबार

काठमाडौँ– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१ अंकले घटेको छ। ०.९९ प्रतिशतले समग्र बजार घट्दा परिसूचक २०८८ बिन्दुमा पुगेर कारोबार रोकिएको हो।

आज ७९ कम्पनीको सेयर मूल्य बढेको छ। यसमध्ये बोटलर्स नेपाल, कालिका पावर कम्पनी, साम्लिङ पावरलगायत पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। ज्योति विकास बैंक बन्ड २०८७ र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लाग्यो। आज कुल १६१ कम्पनीको मूल्य घटेको छ।

कारोबार रकमका हिसाबले आज पनि शिवम् सिमेन्ट पहिलो भयो। यो कम्पनीको ३० करोड ४३ लाख रुपैयाँ बराबर मूल्यको सेयर खरिदबिक्री भएको छ। हाथवे इन्भेस्टमेन्ट कम्पनीको २९ करोड ५० लाख, सोना मिनिरेल्स एण्ड ओयलको २८ करोड १९ लाख र घोराही सिमेन्टको २२ करोड ५२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

आइतबार जलविद्युत् उपसमूहको सूचक ६० र अन्य उपसमूहको सूचक १५ अंकले बढेको छ। बाँकी सबै उपसमूहको सूचक ओरालो लाग्यो। आज कुल ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ११ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: ८ पुष २०८० १५:१९ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast