कानुनमन्त्री भन्छन् : प्रदेशलाई अधिकारसम्पन्न बनाउन छिट्टै आवश्यक कानुन ल्याउँछौं

हिमाल प्रेस ७ पुष २०८० १६:१३ | Saturday, December 23, 2023
कानुनमन्त्री भन्छन् : प्रदेशलाई अधिकारसम्पन्न बनाउन छिट्टै आवश्यक कानुन ल्याउँछौं

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका कानुनमन्त्री धनराज गुरुङले प्रदेशलाई अधिकारसम्पन्न बनाउन संघीय सरकारले छिट्टै आवश्यक कानुन ल्याउने बताएका छन्।

कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै गुरुङले अध्यादेशमार्फत भए पनि आवश्यक कानुन ल्याउने बताए।

निजामती ऐन, प्रहरी ऐन र शिक्षा ऐन ल्याउने तयारी भइरहेको भन्दै उनले तत्काल संसदको अधिवेशन बस्न नसके अध्यादेशबाट भए पनि कानुन ल्याउन सरकार लागिपरेको बताए।

त्यस्तै कांग्रेस प्रदेश सभापतिहरूले पार्टीको भावनालाई समेट्दै अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: ७ पुष २०८० १६:१३ | Saturday, December 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast