१३.४० अंकले बढ्दै १९११ बिन्दुमा उक्लियो नेप्से

हिमाल प्रेस ३० कार्तिक २०७९ ४:१५ | Wednesday, November 16, 2022
१३.४० अंकले बढ्दै १९११ बिन्दुमा उक्लियो नेप्से

काठमाडौँ– बुधबार सेयर बजार परिसूचक १३.४० अंकले बढेको छ। कारोबार सुरु भएदेखि बढेको बजार सामान्य उतारचढावका बीच १९११.२६ बिन्दुमा उक्लिएको छ।

बुधबार कारोबार भएका मध्ये १४१ कम्पनीको मूल्य बढेको छ। ३८ कम्पनीको मूल्य घटेको छ भने सात कम्पनीको मूल्य स्थिर रह्यो।

मंगलबार कुल २३२ कम्पनीको २४ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ।

बुधबार सिक्लेस हाइड्रोपावर लिमिटेडमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै गणपति लघुवित्त वित्तीय संस्था, नारायणी विकास बैंक, रिडी पावर कम्पनी, तेह्रथुप पावरलगायत कम्पनीका लगानीकर्ता बढी फाइदामा गएका छन्।

६ करोड रुपैयाँ बराबरको कारोबार हुँदै बढी रकमको कारोबार गर्नेमा रिडी पावर कम्पनी पहिलो नम्बरमा छ। दोस्रो नम्बरमा रहेको हिमालयन डिस्टिलरी लिमिटेडको ४ करोड रुपैयाँको कारोबार भएको छ। बुधबार सामूहिक लगानी कोष र व्यापार उपसमूह बाहेकका सूचकमा हरियाली छायो।

प्रकाशित: ३० कार्तिक २०७९ ४:१५ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast