अबको चुनावमा कांग्रेसले हँसिया हथौडा बोक्नेवाला छैन : गगन थापा

हिमाल प्रेस ५ पुष २०८० १७:११ | Thursday, December 21, 2023
अबको चुनावमा कांग्रेसले हँसिया हथौडा बोक्नेवाला छैन : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री थापाले कांग्रेसले अर्को चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने दोहोर्‍याएका छन्। बिहीबार मधेश प्रदेश सम्मेलनमा बोल्दै उनले त्यो कुरा लेखेर राख्न सहभागीहरूलाई आग्रह समेत गरे।

‘लेखेर राख्नूस्, कुनै पनि कांग्रेसले अर्को चुनावमा छाता ओड्नेवाला छैन। कांग्रेसले अर्को चुनावमा साइकल चलाउनेवाला छैन। हँसिया हथौडा बोक्नेवाला छैन। कांग्रेसले केवल रुख हेर्नेवाला छ। रुखमा छाप लगाउनेवाला छ। गाछीमा छाप लगाउने कांग्रेस बनाउनुपर्ने छ,’ उनले भने।

थापाले २०८४ आउन चार वर्ष बाँकी रहेकाले त्यसको चिन्ता लिनु नपर्ने बताए। तर कांग्रेसले आफूले जितेका पालिका, प्रदेश सरकार तथा संघीय सरकारबाट काम गरेर देखाउनुपर्ने बताए।

थापाले आज जनता कुशासनले रिसाइरहेको बेलामा जनतालाई पछाडि फर्काउनुपर्छ भन्नेहरू चाहिँ गणतन्त्र खारेज गरौँ भनिरहेको भन्दै कटाक्ष गरे। जनताले हरेक दिन बिहान उठ्दै गर्दै नयाँ नयाँ काण्ड सुन्ने गरेको तर जनतालाई पछाडि फर्काउन चाहनेहरूले त्यसैलाई देखाएर गणतन्त्र खारेज गर्नुपर्छ भन्ने गरेको बताए।

प्रकाशित: ५ पुष २०८० १७:११ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast