कर्मचारी सञ्चय कोष सुर्खेत दिन थाल्याे आफ्नै भवनबाट सेवा

हिमाल प्रेस ५ पुष २०८० १६:०९ | Thursday, December 21, 2023
कर्मचारी सञ्चय कोष सुर्खेत दिन थाल्याे आफ्नै भवनबाट सेवा नवनिर्मित कर्मचारी सञ्चय कोष भवन उद्घाटन गर्दै अध्यक्ष डा.रामप्रसाद घिमिरे। तस्बिर : हिमाल प्रेस

सुर्खेत- कर्मचारी सञ्चय कोष सुर्खेतले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ। ६ करोड ७२ लाख ३४ हजार लागतमा भवन निर्माण भएपछि बिहीबारदेखि कोषले आफ्नै भवनबाट सेवा सुरु गरेको हो।

बिहीबार आयोजित एक कार्यक्रमबीच कोषका सञ्चालक समिति अध्यक्ष डा.रामप्रसाद घिमिरेले कार्यालय उद्घाटन गरेका हुन्।

सञ्चयकोषले आफ्ना सञ्चयकर्ताहरूलाई स्थानीयस्तरमा सेवासुविधा दिने उद्देश्यले कार्यालय स्थापना गरेको उनले बताए।

भवन उद्घाटन कार्यक्रममा उनले सेवामा गुणात्मकता ल्याउन काममा सुधार गर्नुपर्ने बताए।

यस्तै विभागीय प्रमुख तथा कर्मचारी युनियनका प्रतिनिधि धर्मराज ढुंगानाले कर्मचारी सञ्चाय कोषको आफ्नै भवनबाट प्रभावकारी काम हुने विश्वास गरेको बताए।

कार्यक्रममा कर्मचारी सञ्चय कोष सुर्खेतका प्रशासक अध्यक्ष जितेन्द्र धितालले कोषलाई  अन्तर्राष्ट्रियस्तरको सामाजिक सुरक्षण संस्थाको रूपमा स्थापित गर्ने बताए।

कोषले प्रभावकारी स्रोत परिचालन, दिगो एवं आकर्षण सुविधा, गुणस्तरीय सेवा दिने लक्ष्य लिएको धितालले बताए।

प्रकाशित: ५ पुष २०८० १६:०९ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast