पोस्टरमा ‘पर्खि बसेँ तिमीलाई’

हिमाल प्रेस ४ पुष २०८० १६:४८ | Wednesday, December 20, 2023
पोस्टरमा ‘पर्खि बसेँ तिमीलाई’

काठमाडौँ-  फिल्म ‘पर्खि बसेँ तिमीलाई’ को दुई पोस्टर सार्वजनिक भएको छ। बुधबार निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गरेका हुन्।

प्रेम र वेदनाको भावले भरिएको सार्वजनिक पहिलो पोस्टरमा फिल्मका मुख्य कलाकार किरण श्रेष्ठ  र अभिनेत्री रक्षा बुढाथोकी छन्। भने दोस्रो पोस्टरमा  किरण,रक्षासहित कलाकार शिव श्रेष्ठ अटाएका छन्।

दीपक श्रेष्ठ निर्देशित फिल्म पुस २७ गते प्रदर्शन हुनेछ। फिल्ममा अन्य कलाकार अनिशा रसाइली, विल्सन विक्रम राई, सुनिता श्रेष्ठलगायतको अभिनय छ।

फिल्म परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलले लेखेका छन्। नेपालसँगै सिक्किममा छायांकन गरिएको फिल्मका छायाकार संकल्प भुजेल हुन्।

फिल्ममा भुपेन्द्र अधिकारीको सम्पादन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन छ।

राजाराम बुढाथोकी निर्माता रहेको फिल्ममा कोमल गुरुङ सह-निर्माता छन्। रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: ४ पुष २०८० १६:४८ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast