काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने

हिमाल प्रेस ४ पुष २०८० ७:३९ | Wednesday, December 20, 2023
काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने जनाएको छ। बुधबारदेखि चारदिन राजधानीका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्र अन्तरगतको विद्युतीय लाइत भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत अवरुद्ध हुन लागेको बताइएको छ।

जसअनुसार बुधबार चपली तथा बूढानीलकण्ठ, बिहीबार गोंगबु बसपार्क, शुक्रबार चपली तथा हात्तीगौँडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत अवरुद्ध हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

यी क्षेत्रमा बिहान साढे ९ देखि २ बजेसम्म् विद्युत अवरुद्ध हुने जनाइएको छ।

प्रकाशित: ४ पुष २०८० ७:३९ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast