किसान महासंघले मुख्यमन्त्रीलाई बुझायो मागपत्र

हिमाल प्रेस ३ पुष २०८० ९:४५ | Tuesday, December 19, 2023
किसान महासंघले मुख्यमन्त्रीलाई बुझायो मागपत्र

चितवन- नेपाल किसान महासंघले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष पाँचबुँदे माग प्रस्तुत गरेको छ।

बागमती प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरिएकामा त्यसको विरोध गरेको छ। महासंघले कृषि ब्याज अनुदान कर्जा पाँच प्रतिशत अनुदान किसानलाई राष्ट्र बैंकबाट फिर्ता नगरिएकाले सोको निरन्तरता गरिनुपर्नेलगायत माग पेस गरेको छ।

जिल्ला अध्यक्ष नीलकण्ठ रिजालले चितवनका दुग्ध उत्पादक किसानलाई दूधको रकम भुक्तानी अविलम्ब दिलाउनुपर्ने, कर छुट कार्यविधिमा उल्लिखित शब्दावली संशोधन गरी कृषिलाई परम्परागत खेती फलफूलगायत भन्ने रहेकामा पशुपालन, दूध तथा मासु उत्पादनलाई पनि समेटी कर छुट गरिनुपर्ने, बागमती प्रदेशअन्तर्गतका किसानले खपत गर्ने रासायनिक मलको तथ्यांक संकलन गरी त्यसअनुसार अग्रिम मौज्दात गरी पर्याप्त मात्रामा समयमै उपलब्ध गराउनुपर्ने माग मन्त्रीसमक्ष राखेका हुन्।

त्यस अवसरमा मुख्यमन्त्री जम्कट्टेलले किसानका माग सम्बोधन गर्न प्रदेश सरकार लागिरहेको बताए। उनले किसानलाई सम्बोधन गर्न सरकारले सोहीअनुसारको बजेट विनियोजन गरेको भनाइ थियो।

उनले भने, ‘कृषि क्षेत्रको विकासले मात्र समृद्धि सम्भव हुने भएकाले सबै मिलेर यस क्षेत्रको समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ।’

प्रकाशित: ३ पुष २०८० ९:४५ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast