बीवाईडी डल्फिनलाई ‘वेष्ट बाइ कार अफ युरोप-२०२४’ अवार्ड

हिमाल प्रेस २ पुष २०८० १८:२२ | Monday, December 18, 2023
बीवाईडी डल्फिनलाई ‘वेष्ट बाइ कार अफ युरोप-२०२४’ अवार्ड

काठमाडौँ- बीवाईडीको पछिल्लो सफल मोडल डल्फिनले युरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट बाइ कार अफ युरोप–२०२४’ अवार्ड जित्न सफल भएको छ।

यो अवार्ड युरोपभर बिक्री हुने कारमध्ये उत्कृष्टलाई ‘अटोवेस्ट’ले प्रदान गर्दै आएको छ। उक्त प्रतिस्पर्धामा डल्फिनले अवार्ड हात पर्दा ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्न सफल भएको हो। उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर परेको छ।

अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारेको थियो। त्यसको लागि युरोपभरका ३१ देशबाट आएका अटोबेस्ड पत्रकारले मतदान गरेर डल्फिनलाई अवार्ड दिएका हुन्।

उनीहरूले डल्फिनलाई फिचर लोडेड क्याबिन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरीय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संज्ञा दिएका छन्। त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ। त्यसैले डल्फिनले २०.०५७ अंकसहित पहिलो स्थान सुरक्षित गर्न सफल भयो।

अटोवेष्टका जुरीले पहिलो पटक कुनै पनि बीवाइडीको मोडललाई ‘वेष्ट वाई कार अफ युरोप २०२४ को अवार्ड दिएको हो। अवार्ड दिएपछि अटोवेष्टका अध्यक्ष भान भार्डीले भने, ‘बीवाइडी डल्फीनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ। हामीले दशककै सन्तुलित अटोवेष्ट प्रतिस्पर्धा गराएका छौँ। यसमा डल्फिनले एक विद्युतीय साधनको रूपमा योग्य भएर शीर्ष उपाधि जित्न सफल भएको छ।

प्रकाशित: २ पुष २०८० १८:२२ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast