बैतडी शिक्षक हत्याका आरोपित बोहरा दम्पती सार्वजनिक

हिमाल प्रेस ७ पुष २०७९ १६:३३ | Thursday, December 22, 2022
बैतडी शिक्षक हत्याका आरोपित बोहरा दम्पती सार्वजनिक शिक्षक हत्या आरोपमा पक्राउ परेका बोहोरा दम्पती। तस्बिर- हिमाल प्रेस

धनगढी– बैतडीका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा पक्राउ परेका बोहरा दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन आयोजना गर्दै अभियुक्तद्वयलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार सुर्नया गाउँपालिका-२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक विष्टको हत्या आरोपमा प्रहरीले पुर्चौडी नगरपालिका ३ न्वादेउकी बिमला बोहरा र उनका श्रीमान प्रजा बोहरालाई बुधबार (हिजो) पक्राउ गरिएको हो।

बिमला बोहरा कृष्ण मावि पाटनको छात्राबासमा बसेर अध्ययन गर्दै आएकी आएकी थिइन्। उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। पौष १ गते राति शिक्षक विष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसपछि आफूले उनको हत्या गरेको प्रजाले स्वीकार गरेको प्रहरीले जनाएको छ।

‘पुस १ गते राति बिमला शौचालय जान्छु भनेर बाहिर निस्केकी रहेछन्। तर, ढिलो गरेपछि प्रजा (पति) ले खोजी गर्दा शिक्षक विष्टको अँगालोमा देखेछन्। त्यसपछि प्रजाले विष्टलाई मुक्का हानेर ढालेको बताएका छन्। प्रजाले विष्टको छाती र मुखमा हानेको बताएका छन्,’ जिप्रका बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले भने।

यस्तै छात्रवासमै हत्या गरेका विष्टको शवलाई घटना लुकाउन छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरी अनुसन्धानले देखाएको छ। घटनाका अभियुक्तमाथि १० दिनको म्याद थपेर अनुसन्धान हुने प्रहरीले बताएको छ। शिक्षक विष्टको शव पुस २ गते दिउँसो फेला परेको थियो। मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोलीसमेत बैतडी पुगेको थियो।

प्रकाशित: ७ पुष २०७९ १६:३३ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast