राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने दललाई आज चुनाव चिह्न प्रदान गरिने

हिमाल प्रेस १ पुष २०८० ६:०६ | Sunday, December 17, 2023
राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने दललाई आज चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दललाई आज चुनाव चिह्न प्रदान गर्ने भएको छ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दललाई आयोगले चुनाव चिह्न दिन लागेको हो।

दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएका थिए। दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

बुधबार दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ। आगामी फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ।

माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ। एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने नियम छ।

प्रकाशित: १ पुष २०८० ६:०६ | Sunday, December 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast