नेपाल प्रहरी श्रीमती संघको कर्णाली प्रदेश कार्यालय उद्घाटन

हिमाल प्रेस २८ मंसिर २०८० २१:४२ | Thursday, December 14, 2023
नेपाल प्रहरी श्रीमती संघको कर्णाली प्रदेश कार्यालय उद्घाटन

सुर्खेत- नेपाल प्रहरी श्रीमती संघको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा रहेको नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश कार्यालयको नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले उद्घाटन गरेकी हुन्।

कार्यालय भवनको उद्घाटन गर्दै कुँवरले नेपाल प्रहरी श्रीमती संघले कर्णाली प्रदेशमा छोटो समयमा महत्त्वपूर्ण काम गरेकोले आगामी दिनमा यस्ता कामहरूले निरन्तरता पाउने बताइन्। उनले थप परिस्कृत तथा रचनात्मक कार्यहरू गर्दै जानेमा विश्वस्त रहेको बताउँदै संघको तर्फबाट गर्नुपर्ने हरेक सहयोग तथा सहकार्यका लागि आफूहरू तयार भएको बताइन्।

कार्यालयको उद्घाटनमा बोल्दै नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष विन्दु ढकालले नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले कार्यालयको स्थापना पश्चात थप सशक्त भएर आगामी दिनमा कार्यक्रमहरू गर्दै जाने बताइन्।

प्रकाशित: २८ मंसिर २०८० २१:४२ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast