सभापतिले सांसदलाई बोल्न प्रतिबन्ध लगाउनु भएको छैन : सोविता गौतम

हिमाल प्रेस ७ पुष २०७९ १५:२५ | Thursday, December 22, 2022
सभापतिले सांसदलाई बोल्न प्रतिबन्ध लगाउनु भएको छैन : सोविता गौतम सांसद सोविता गौतम

काठमाडौँ- काठमाडौँ-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले पार्टीसभापति रवि लामिछानेले पार्टीमा कसैलाई पनि नबोल्न भनेर निर्देशन नदिएको बताएकी छन्। लामिछानेले सांसदलाई बोल्न प्रतिबन्ध लगाएको खबर बाहिरएको थियो।

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले बोल्न प्रतिबन्ध नलगाएको बताएकी हुन्। ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले नबोल्नु भनेर कहिल्यै भन्नुभएको छैन। जे बाहिर हल्ला भइरहेको छ त्यो गलत हो,’ उनले भनिन्, ‘उहाँले त पार्टीका सबैलाई सहयोग र प्रोत्साहन गरिरहनु भएको छ।’ उनले पार्टीभित्र सरकारमा जाने नजाने विषयमा छलफल हुनै बाँकी रहेको बताइन्।

प्रकाशित: ७ पुष २०७९ १५:२५ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast