बालकृष्ण खाणको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी

हिमाल प्रेस २८ मंसिर २०८० १५:५० | Thursday, December 14, 2023
बालकृष्ण खाणको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौँ- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोगमा पुर्पक्षका लागि थुनामा भएका कांग्रेस नेता बालकृष्ण खाणको मुद्दामा उच्च अदालत पाटनमा बहस बहस सकिएको छ। आज सरकारी वकिलले पनि बहस गरेसँगै दुवै पक्षको वकिलको बहस सकिएको हो। अब न्यायाधीश कृष्णराम कोइरालाको इजलासबाट उक्त मुद्दाको निर्णय आउनेछ।

खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे यसअघि संयुक्त इजलासमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएपछि आज अर्को सुनुवाइ तोकिएको थियो।सुनुवाइका क्रममा खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे र विश्वनाथ खनालले बहस गरेका थिए।

त्यसपछि उच्च सरकारी वकिलहरूले बहस गरेका छन्। सरकारी वकिलहरू महेश खत्री र शंकर खत्रीले बहस सकिसकेपछि खाणका कानुन व्यवसायीले जवाफी बहस सकेका हुन्। बहसका क्रममा खाणका कानुन व्यवसायीहरूले यसअघि न्यायाधीश पाण्डेको आदेश सदर गरी थुनामुक्त गर्न माग गरेका थिए। उता दुईजना सरकारी वकिलहरूले खाणलाई थुनामै पठाउने गरी दिएको न्यायाधीश खरेलको आदेशलाई सदर गर्नुपर्ने जिकिर गरे।

त्यसपछि खाणको पक्षमा जवाफी बहस गरेका पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाँतीले थुनामुक्त गर्नुपर्ने जिकिर दोहोर्‍याए।

प्रकाशित: २८ मंसिर २०८० १५:५० | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast