जथाभावी फोहोर फाल्दा तमान र बडिगाडखोला दुर्गन्धित

हिमाल प्रेस २८ मंसिर २०८० ६:५६ | Thursday, December 14, 2023
जथाभावी फोहोर फाल्दा तमान र बडिगाडखोला दुर्गन्धित

बागलुङ- जथाभावी फोहोर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ। बुर्तिबाङ-बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहोरको ढङ्गुरले भरिएको छ।

दैनिक हजारौँ यात्रु त्यही फोहोरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन्। दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ। यही कारणले दैनिक फोहोर पनि बढ्दै गएको छ।

बजारबाट निस्कने फोहोर ढोरपाटन नगरपालिका-३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ। एक दशकअघि बुर्तिबाङ बजार सानो थियो। फोहोर पनि थोरै निस्कन्थ्यो।

सबै फोहोर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए। त्यही जलाउने गरेका थिए। तर अहिले बजारबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या भएको छ।

नगरपालिकाले ६ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहोर फाल्दै आएको छ।बजारको फोहोर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ। खोलाले बगाएर फोहोर पुनः बजारसम्म पुर्‍याउँछ।

फोहोरले तमानखोला प्रदूषित बनेको छ। तमानखोला भएर बगेको फोहोर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ। फोहोर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ।

फोहोरकै कारण बडिगाड खोलामा माछा घट्दै गएको जलारीहरू बताउँछन्। हाल फोहोर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका-३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउमै पर्छ। खोला छेउमा फोहोर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन-३ का मीनबहादुर घर्तीले बताए। रासस

प्रकाशित: २८ मंसिर २०८० ६:५६ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast