‘अदालतको आदेशपछि पनि पाइएन नागरिकता’

हिमाल प्रेस २७ मंसिर २०८० २०:२७ | Wednesday, December 13, 2023
‘अदालतको आदेशपछि पनि पाइएन नागरिकता’ सांकेतिक तस्बिर।

काठमाडौँ- विभिन्न तहका अदालतले नागरिकताको प्रमाणपत्र दिनू भनी आदेश दिए पनि अझै पाउन नसकेको भन्दै पीडितले गुनासो गरेका छन्। ‘नागरिकता तथा व्यक्तिगत घटना दर्ताका मुद्दामा फैसला कार्यान्वयनको अवस्था’ विषययमा आज (बुधबार) महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा पीडितले फैसला गर्नेसँगै नागरिकता लिन जाऊ भनी जिल्ला प्रशासन कार्यालयका कर्मचारीले भन्ने गरेको गुनासो गरेका हुन्।

कार्यक्रममा फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक सरोजराज रेग्मीले निरन्तर सहजीकरण गरे पनि अदालतले गरेका सबै फैसला कार्यान्वयन नहुँदा नागरिकता पाउनबाट अझै वञ्चित हुने अवस्था रहेको स्वीकार गरे। अदालतले गरेका फैसला कार्यान्वयनमा निर्देशनालय लागिरहने प्रतिबद्धता उनले जनाए।

कार्यक्रममा सानुमैयाँ क्षेत्री, अविनाश थापा र नेहा थापाले अदालतले नागरिकता दिनू भनी फैसला गरेर पटकपटक जिल्ला प्रशासन कार्यालय धाउँदा पनि नागरिकता पाउन नसकेको गुनासो गरेका थिए। रासस

प्रकाशित: २७ मंसिर २०८० २०:२७ | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast