राष्ट्रियसभा निर्वाचन : एमाले, माओवादी र राप्रपासहित पाँच दलले गराए दल दर्ता

हिमाल प्रेस २५ मंसिर २०८० १५:३३ | Monday, December 11, 2023
राष्ट्रियसभा निर्वाचन : एमाले, माओवादी र राप्रपासहित पाँच दलले गराए दल दर्ता

काठमाडौँ- राष्ट्रियसभा निर्वाचनका लागि अहिलेसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका छन्। माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार दल दर्ताको दोस्रो दिन ‍(आज सोमबार)सम्म पाँचवटा दलले दर्ताका लागि निवेदन दिएका हुन्।

राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदुर किसान पार्टीले आयोगमा निवेदन दिएका छन्।

नेपाली कांग्रेस, जसपा र लोसपालगायतका दलले भने अहिलेसम्म दर्ताका लागि निवेदन दिएका छैनन्। माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि निर्वाचन आयोगले सूचना जारी गरेको थियो। दल दर्ताका लागि मंसिर २९ गते अन्तिम मिति तोकिएको छ। आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ। राष्ट्रियसभामा रिक्त हुने पदका लागि एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: २५ मंसिर २०८० १५:३३ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast