सुर्खेत- कर्णाली प्रदेशमा पहिलोपटक रग्बी प्रतियोगिता हुने भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबारदेखि प्रतियोगिता सुरु हुने भएको हो।
प्रदेश खेलकुद विकास समितिको सहयोग तथा गोर्खाली रग्बी क्लबको प्राविधिक सहयोगमा कर्णाली प्रदेश रग्बी संघले उक्त प्रतियोगिताको आयोजना गरिएको हो। संघका अध्यक्ष सुरेन्द्र कुँवरका अनुसार खेलमा ७ जिल्लाको सहभागिता रहने छ। समूह ‘ए’ मा चार र ‘बी’ मा तीनवटा समूह रहनेछन्।
खेलमा दैलेख, सुर्खेत, जुम्ला, कालीकोट, सल्यान, रुकुम, मुगुका खेलाडीले सहभागिता जनाउने भएका छन्। खेलमा विजेता खेलाडीले कप मेडल र प्रमाणपत्र पाउनेछन्।
स्थानीय खेलाडीलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रकाशित: २२ मंसिर २०८० २१:३०
प्रतिक्रिया




