रुसी सेनामा रहेका नेपाली फर्काउन रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

हिमाल प्रेस २२ मंसिर २०८० १७:२२
4
SHARES
रुसी सेनामा रहेका नेपाली फर्काउन रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई उनीहरूलाई नेपाल फर्काउनका लागि कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएको छ। रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरीको टोलीले शुक्रबार परराष्ट्रमन्त्री साउदलाई भेटी यसबारे ध्यानाकर्षण गराएको हो।

त्यस्तै, रास्वपा सांसदहरूको टोलीले प्यालेस्टाइनी विद्रोही समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल मुक्तिका लागि सम्भव भएसम्मका सबै कूटनीतिक पहल गर्न पनि परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण गराएको छ।

रुसी सेनामा भर्ना भएका नेपालीहरूको ज्यान गुमिरहँदा रास्वपाले यसबारे परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको हो।

प्रकाशित: २२ मंसिर २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast