 
                             
                                            काठमाडौँ- सिरियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ। सिरियाका लागि फोर्स हेडकार्वाटर सपोर्ट युनिट १२औँ डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म सातौँ डफ्फा, इन्जिनियर से.मु. आठौँ डफ्फा, लेबल १ अस्पताल पाँचौँ डफ्फा र क्लोज प्रोटेक्सन युनिट चौथो डफ्फाका १६२ जना नेपाली शान्ति सैनिकहरू सेनानी नवराज नाथको नेतृत्वमा काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।
उनीहरू संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ। सो मिसनमा कार्यरत विभिन्न युनिटका २३८ जना शान्ति सैनिकहरू आफ्नो कार्यकाल सकेर फर्किँदैछन्।
                            प्रकाशित: २१ मंसिर  २०८० २१:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 