अब आफ्नै घरबाट पनि न्याय पाउन सकिन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

हिमाल प्रेस १४ मंसिर २०८० १५:२५ | Thursday, November 30, 2023
अब आफ्नै घरबाट पनि न्याय पाउन सकिन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ- उच्च अदालतका इजलासहरू जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौंडा इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ (भिडियो कन्फ्रेन्स) बाट मुद्दाको सुनुवाइ सुरु भएको छ। सवोच्च अदालतले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच उच्च अदालतका इजलासहरू जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौंडा इजलासमा भिडियो कन्फ्रेन्सबाट मुद्दाको सुनुवाइ सुरु गरेको हो।

बिहीवार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले देशका चार ठाउँमा उच्च अदालतका इजलासहरूको शुभारम्भ गरे। कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले अब आफ्नैआफ्नै घरबाट पनि न्याय पाउन सक्ने बताए।

उनले नेपालको भूभाग र भू-धरातलीय स्थिति हेरेर दुर्गमका जनताहरूलाई आवश्यक पर्ने न्यायको पहुँच सहज हुनका लागि यो काम गरिएको उनकाे भनाइ छ। यसभन्दा अघि सर्वोच्च अदालतले दिपायल उच्च अदालत र इलाम इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ सुरु गरेको थियो।

अब मुद्दाको फर्छ्याैट चाँडै हुने, कम खर्चिलो हुने र न्यायमा पहुँच सरल हुने माध्यम बनेको बताए। उनले कानून व्यवसायीलाई पनि आफ्नै चेम्बरमा बसेर वहस गर्न सकिने फाइदा यस प्रविधिबाट हुने पनि बताए।

आगामी दिनमा थप अध्ययन गरी श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ गर्ने अभियान बिस्तार गर्ने प्रधानन्यायाधीश श्रेष्ठकाे भनाइ छ। उनले छिटो, छरितो, सरल र सुलभ तपरिकाले न्याय सम्पादन र सबैलाई न्यायमा पहुँच पुर्‍याउन सहयोग पुग्ने उद्देश्य राखेको पनि बताए।

प्रकाशित: १४ मंसिर २०८० १५:२५ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast