काठमाडौँका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

हिमाल प्रेस १४ मंसिर २०८० ७:३२ | Thursday, November 30, 2023
काठमाडौँका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाकारी दिएको हो। प्राधिकरणका अनुसार बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ।

कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ।

 

प्रकाशित: १४ मंसिर २०८० ७:३२ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast